images
images

बसभित्रै सामूहिक बलात्कारको सिकार बनिन् ७३ वर्षीया वृद्धा

  • ५ श्रावण २०८०, शुक्रबार ०९:४०

दाङको तुलसीपुरमा एक वृद्धा बसभित्रै सामूहिक बलात्कारमा परेकी छन् ।

तुलसीपुरको नयाँ बसपार्कमा ७३ वर्षीया वृद्धा बसभित्रै सामूहिक बलात्कारमा परेकी हुन् । गएराति करिब साढेँ १२ बजे पार्किङ गरिएको ना ४ ख ७८४८ नम्बरको बसमा ती वृद्धालाई गाडीका कर्मचारीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो । प्युठान स्वर्गद्वारी नगरपालिकाकी ७३ वर्षीया वृद्धा उपचारका लागि तुलसीपुर आएकी थिइन् । घटनापछि बलात्कारमा संलग्न तुलसीपुर–१५ का पुष्कर रोका र सल्यानको कुमाख–७ का रेशम विकलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रमुख मल्लले बताउनुभयो ।

आरोपित दुई जनाले वृद्धालाई सहयोग गर्ने वाहानामा बसपार्कभित्र पार्किङ गरी राखिएको बस भित्र पुर्याएका थिए । त्यसपछि पालैपालो बलात्कार गरी रहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । महिलाको चित्कार सुनेपछि स्थानीयले प्रहरीलाई खबर गराएसँगैै प्रहरी घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।