हेटौंडा । हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ ।
आज बिहान हेटौंडामा बसेको कांग्रेस संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । यो सँगै प्रदेशमा उनी कांग्रेसबाट पहिलो मुख्यमन्त्री बन्ने पक्का भएको छ । बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद रहेका छन् । लामा बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता समेत हुन् । मुख्यमन्त्रीमा प्रदेश सभापति एवं सांसद इन्द्र बानियाँले पनि इच्छा देखाएका थिए । तर, पार्टीले लामालाईनै अघि सारेको हो । संविधानको धारा १ सय ६८ (२) अनुुसार दलको नेता बाहेकको व्यक्तिले पनि मुख्यमन्त्री दाबी गर्न पाउने व्यवस्था अनुसार बानियाँले आकांक्षा राखेका थिए ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत नपाएपछि कांग्रेसका लामाले एमाले समेतको समर्थनमा आज नै मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी गरेका छन् ।