images
images

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले पनि दिए राजिनामा, एमाले नेतृत्वको सरकार बन्दै

  • ६ श्रावण २०८१, आईतवार १५:२८

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पनि पदबाट राजीनामा दिनुभएको छ ।

विश्वासको मत नपुग्ने निश्चित भएपछि उहाँले राजिनामा दिनुभएको हो । उहाँको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो । तर विश्वासको मत नपुग्ने निश्चित भएपछि प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिनुभएको हो । कामचलाउ भएर एकछिन पनि बस्न नसक्ने बताउँदै महराले कांग्रेस–एमालेलाई नयाँ सरकार बनाउन आह्वान गर्नुभयो ।

महराको राजीनामा पछि कांग्रेस–एमालेले नयाँ सरकार गठनको तयारी गरेका छन् । दुई दलबीच एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिनुभयो ।