images
images

नेपाल भन्छन्, ‘एउटा गठबन्धन तोडेर तुरुन्तै अर्को के का लागि बनेको ?’

  • ६ श्रावण २०८१, आईतवार १६:३०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले एउटा गठबन्धन तोडेर तुरुन्तै अर्को गठबन्धन के का लागि बनेको भन्दै प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभामा प्रस्तुत भएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्बप्रधानमन्त्री समेत रहेका नेपालले यस्तो प्रश्न गर्नुभएको हो । सत्ता समीकरण फेरबदल हुनुको कारण खोजी गर्दै उहाँले आत्मआलोचनाको भावनामा रहेर काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ । अध्यक्ष नेपालले स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने बचन प्रचण्डलाई दिएर ओलीले धोका दिएको बताउनुभयो ।