काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भ्रष्टाचारको काण्ड लुकाउन कांग्रेस र एमाले मिलेर सरकार बनाएको आरोप लागेको भन्दै त्यसको जवाफ माग गर्नुभएको छ ।
उपमहासचिव पुनले गिरिबन्धु टि टेष्ट लगाएतका भ्रष्टाचारको फाईल खोल्ने वित्तिकै नयाँ सत्ता समीकरण बनाएको आरोप लगाउँदै त्यसको विषयमा के हुन्छ ? भन्ने प्रश्न गर्नुभएको हो । प्रतिनिधिसभामा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले सरकारको नीति, कार्यक्रम र बजेट विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभयो ।
उपमहासचिव पुनले प्रधानमन्त्री ओलीले विश्वासको मत राख्ने क्रममा दिएको अभिव्यक्ति जनतामा भ्रम छर्ने गरि आएको भन्दै असन्तुष्टी व्यक्त गर्नुभएको हो ।