images
images

अब स्नातक तहको चौथो वर्षमा पनि मौका परीक्षा दिन पाइने

  • ६ श्रावण २०८१, आईतवार २०:४९

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको वार्षिक कार्यक्रम तर्फका विद्यार्थीलाई पनि मौका परीक्षा दिने व्यवस्था गरेको छ ।

स्नातक तहको पहिलो, दोस्रो, तेस्रो वर्षको परीक्षा उत्तीर्ण गरिसकेको र चौथो वर्षमा एक वा दुई विषय लागेर अनुत्तीर्ण भएका विद्यार्थीले तत्काल मौका परीक्षा दिन पाउने व्यवस्था गर्ने निर्णय भएको हो । विद्यार्थीको शैक्षिक वर्ष खेर नजाओस भन्ने उद्देश्यले सो निर्णय गरिएको त्रिविका रजिष्ट्रार प्रा.डा.केदार रिजालले जानकारी दिनुभयो । आगामी वर्षदेखि लागू हुने गरी प्राज्ञिक परिषद्ले निर्णय गरेको रिजालले बताउनुभयो । उहाँका अनुसार त्रिविले त्यस्ता विद्यार्थीका लागि चौथो वर्षको नतिजा आएको एक महिनाभित्र मौका अथवा पूरक परीक्षा सञ्चालन गर्नेछ । अहिलेसम्म सेमेष्टर प्रणालीमा मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था रहेको छ ।

स्नातक तहमा मात्रै भएको वार्षिक कार्यक्रमको अन्तिम वर्षमा एक वा दुई मात्रै विषयमा अनुतीर्ण हुँदा विद्यार्थी मर्कामा परिरहेकाले उनीहरुको सहजताको लागि निर्णय गरेको रजिष्ट्रार रिजालको भनाई छ ।