images
images

दोलखामा बोलेरो गाडी धुने क्रममा करेन्ट लागेर एकको मृत्यु

  • ५ भाद्र २०७९, आईतवार १३:३३

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा बोलेरो गाडी धुने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकका अन्दाजि २८ बर्षिय कृष्ण बुढाथोकीको आज गाडी धुने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । किस्मत फार्मको गाडी चलाउँदै आएका बुढाथोकीलाई गाडी धुने क्रममा करेन्ट लागेपछि उपचारका लागि तत्काल पशुपति चौंलागाई स्मृति अस्पताल चरिकोट पु¥याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आफैँ गाडी धुँदै गरेका उनलाई एक्कासि करेन्ट लागेको बताइएको छ । प्रहरीका अनुसार मृतक बुढाथोकीको आफन्तजन सिन्धुपाल्चोकबाट आउँदै गरेकाले उनको शव पशुपति चौंलागाई स्मृति अस्पतालमा राखिएको छ । बुढाथोकी ६ महिनोदेखि किस्मत फार्ममा काम गर्दै आएका थिए ।