images
images

माथिल्लो तामाकोशीको ड्याम साइडमा एउटा शव फेला

  • ५ भाद्र २०७९, आईतवार १५:०७

दोलखा । माथिल्लो तामाकोशी जलजिद्युत आयोजनाको ड्याम साइडमा वेपत्ता भएको एउटा शव गोताखोरको टोलीले फेला पारेको छ ।

आयोजनाको ड्याम साइडमा गत साउन २२ गतेदेखि वेपत्ता भएका रामेछापका रमेश बस्नेतको खोजीका लागि पुगेको गोताखोरको टोलीले एउटा शव फेला पारेको हो । यद्यपी फेला परेको शव कस्को हो भन्ने एकिन भएको छैन । शव पुरै सडिसकेकाले पहिचान गर्न सक्ने स्थिति नरहेको सशस्त्र प्रहरी बल १८ नम्बर गुल्मका डिएसपी सुरज कुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार शवको टाउको छैन भने शरीरको आधा भाग मात्रै फेला परेकाले शव पहिचानमा समस्या भएको हो । हिजो तामाकोशीको ड्याम साइडमा पुगेको टोलीले आज सडेको अवस्थामा एउटा शव फेला पारेको हो । सो शव पोष्टमार्टमका लागि चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।

निकै ठुलो क्षमताको माथिल्लो तामाकोसीको ड्यामसाइडमा यसअघि पनि गोताखोरको टोलीले दुई दिनसम्म वेपत्ता भएका बस्नेतको खोजी गरेको थियो । तर शव फेला पर्न नसकेपछि फर्किएको टोली हिजो फेरि तामाकोशीको ड्याम साइडमा पुगेको हो ।