images
images

जिरीमा घरमुलीले आत्माहत्या गरेपछि परिवार शोकमा, पुरा भएन छोरीलाई अन्माउने रहर

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित आलेटारमा घरमुलीलेनै आत्माहत्या गरेपछि परिवार शोकमा डुबेको छ ।

सामान्य घरायसी विवादले परिवारका मुलीलेनै आत्माहत्या गरेपछि परिवार शोकमा परेका हुन् । पछिल्लो पटक नेपालमा यस्ता घटनाहरु घटिरहेकै बेला जिरी नगरपालिका ८ त्रिशुलेस्थित आलेटारमा पनि गएराती नसोचिएको घट्ना घट्न पुगेको छ । आलेटारका ५५ वर्षीय हर्क बहादुर जिरेल र ५० वर्षीया कृष्णकुमारी जिरेल श्रीमान–श्रीमती हुन् । उनीहरुले सामान्य घरायसी विवादका कारण आत्माहत्या गरेका छन् ।

श्रीमती कृष्णकुमारीले बोक्से भिरबाट हाम फालेर आत्माहत्या गर्दा श्रीमान हर्क बहादुरले घरकै सुत्ने कोठाको दलिनमा झुण्डिएर आफ्नो ज्यान फालेका छन् । श्रीमतीले हाम फालेर आत्माहत्या गरेको थाहा पाएपछि श्रीमानले पनि घरमा झुण्डिएर आत्माहत्या गरेको खुलेको जिरी ८ का वडासदस्य चन्द्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

श्रीमती कृष्णकुमारीले बोक्से भिरबाट हाम फालेर आत्माहत्या गर्दा श्रीमान हर्क बहादुरले घरकै सुत्ने कोठाको दलिनमा झुण्डिएर आफ्नो ज्यान फालेका छन् । जन्म दिने आमा र बुबा दुवै जना घरमुली तथा अविभावकले आत्माहत्या गरेपछि छोराछोरी पिडामा बाच्न बाध्य भएका छन् । ती श्रीमान श्रीमतीले आगामी मंसिरमा छोरीको विवाह गरिदिने योजना बनाएका थिए । तर, छोरीलाई अन्माएर विवाह गरी पठाउन नपाउँदै सामान्य विवादले आवेगमा गलत निर्णय लिन पुगेका ती दम्पती सधैंका लागि अस्ताएका छन् ।

स्थानीयका अनुसार हिजो उनीहरुबीच सामान्य विवाद भएको थियो । त्यसपछि हिजो बेलुकी करिब ७ बजे भएको घटनामा कृष्णकुमारी घरदेखि डेढ किलोमिटरको दुरीमा भीरबाट लडेको अवस्थामा मृत फेला परेको र हर्क सलले दलिनमा पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । दुवै जनाले कहिलेकाँही माधक पदार्थ पनि सेवन गर्ने भएकाले मदिराको सुरमा सामान्य विवादमै आत्माहत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

उनीहरुको दुई छोरा र छोरी गरी ३ सन्तान छन् । छोरी शिक्षिका हुन् भने दुई छोरा खिम्ती २ हाइड्रोपावरमा कार्यरत छन् । घरमा श्रीमान–श्रीमती मात्रै बस्दै आएका थिए । जन्म दिने आमा र बुबा दुवै जना घरमुली तथा अविभावकले आत्माहत्या गरेपछि छोराछोरी पिडामा बाच्न बाध्य भएका छन् । ती श्रीमान श्रीमतीले आगामी मंसिरमा छोरीको विवाह गरिदिने योजना बनाएका थिए । तर, छोरीलाई अन्माएर विवाह गरी पठाउन नपाउँदै सामान्य विवादले आवेगमा गलत निर्णय लिन पुगेका ती दम्पती सधैंका लागि अस्ताएका छन् ।