images
images

गुडिरहेको माइक्रोबसमा ढुंगा खसेर लाग्दा आमाछोरी घाइते

  • ५ भाद्र २०८१, बुधबार १४:२८

हेटौँडा । नारयणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको माईक्रोबसमाथि ढुंगा खसेर लाग्दा आमाछोरी घाईते भएका छन् ।

काठमाडौँबाट नारायणगढ तर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ६४१४ नम्वरको माईक्रोमा आज बिहान गुडिरहेका बेला ढुंगा खसेर लाग्दा दुई यात्रु घाईते भएका हुन् । दुर्घटनामा परि माईक्रोमा सवार देवचुली नगरपालिका १३ की ३० वर्षीया कल्पना परियार र उनकी छोरी ८ वर्षीया कञ्चन परियार घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते दुवै जनाको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । ढुंगा लागेर माईक्रोको अगाडीको सिसामा क्षति पुगेको छ भने अन्य यात्रु र चालक सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।