images
images

रामेछापकी महिलाको गहना लुटपाट गर्ने काभ्रेपलाञ्चोकका तीन युवक पक्राउ

  • ५ भाद्र २०८१, बुधबार १८:१६

काठमाडौँ । काठमाडौँको लोकन्थलीमा सुनको गहना लुटपाट गरेको आरोपमा काभ्रेपलाञ्चोकका तीन युवक पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका –९ का ३८ वर्षीय अनिलकुमार तामाङ, नमोबुद्ध नगरपालिका –५ का ३४ वर्षीय गणेश लामा र बेथानचोक गाउँपालिका ६ का ३१ वर्षीय सुरेश तामाङ चोरी आरोपमा पक्राउ परेका हुन् । उनीहरुले रामेछापको सुनपाती गाउँपालिका १ की ५० वर्षीया कमला गौतमले घाँटीमा लगाएको सुनको सिक्रि चोरी गरेको प्रहरीले जनाएको छ ।

साउन २१ गते लोकन्थली बसस्टपमा चोरी भएपछि अनुसन्धानका क्रममा प्रहरीले उनीहरुलाई भदौ २ गते कौशलटारबाट पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान भईरहेको छ । पक्राउ परेका तिनै जनाविरुद्ध विगतमा पनि अभद्र व्यवहारको मुद्धा लागेको थियो ।