images
images

दोलखामा मात्र देखाईने भैरवकुमारी जात्रा आजबाट सुरु हुँदै

  • ५ भाद्र २०८१, बुधबार १८:४५

दोलखा । दोलखामा आजबाट भैरवकुमारी जात्रा सुरु हुँदैछ ।

धार्मिक एबम् पुरातात्विक महत्वको शहर दोलखामा आजदेखि ऐतिहासिक भैरवकुमारी जात्रा सुरु हुने भएको हो । यो जात्रा दोलखामा मात्र देखाउने गरिएको छ । दोलखा बजारमा गाईजात्राको भोलीपल्टबाट लगातार पाँच रात मन्दिर र स्थानीय टोलहरुमा भैरवकुमारी जात्रा देखाईन्छ ।

टसिचा टोलस्थित कुमारी घरबाट भैरव, कुमारीकी आमा, घोडचढी र जाल हान्नेसहित १३ जनाको समुह परम्परागत आभुषण र बाजागाजा सहित आकर्षक शैलीमा नाच्दै जात्रा देखाउने गरिन्छ । आज सुरु भएर ५ दिनसम्म चल्ने जात्रा ९ गतेसम्म देखाईने भीमेश्वर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मनले चिताएको ईच्छा पुरा हुने विश्वासका साथ ईच्छुक नारीहरु जात्राको समयमा ब्रत बस्ने गर्दछन् । पाँच सय वर्ष पुरानो भैरवकुमारी जात्रामा मनोकांक्षा पुरा हुने विश्वासका साथ राजधानी काठमाडौँ लगायत आसपासका जिल्लाबाट समेत भक्तजनहरु दोलखा बजार आउने गर्दछन् ।