काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समाजिक संजाल टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।
आज सुचना तथा सञ्चार प्रविधिमन्त्री मन्त्री पृृथ्वी सुब्बा गुरुङले टिकटकमा लगाईएको प्रतिबन्ध हटाउने निर्णय गर्नु भएको हो । मन्त्री स्तरमा भएको निर्णयलाई अब भोली बस्ने नियमित क्याबिनेट बैठकमा पेस गर्ने सञ्चार मन्त्रालय स्रोतले जनाएको छ । भोली क्याबिनेटले निर्णय गरेसँगै टिकटक चल्नेछ । टिकटक माथि लगाइएको रोक हटाउन स्वीकृति दिने निर्णयमा आज मन्त्री गुरुङले हस्ताक्षर गरी क्याविनेटमा निर्णयको लागि पठाएको स्रोतले जनाएको छ ।
क्याविनेटको निर्णयसँगै मन्त्रालयले दुरसञ्चार प्राधिकरणलाई टिकटक माथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ । सम्भवतः त्यसलगत्तै भोलीबाटनै टिकटक चल्नेछ । २०८० साल कार्तिक २७ गते नेपाली समाजको सामाजिक सद्धाव बिगारेको भन्दै पुष्पकमल दाहाल नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । तर, त्यसको ९ महिनापछि ओली नेतृत्वको सरकारले प्रतिबन्ध फुकुवा गर्न लागेको हो ।