images
images

संविधान विपरीत बाहेक शिक्षकका माग पूरा गर्न सरकार तयार रहेको कार्यवाहक प्रधानमन्त्रीको भनाई

  • ४ आश्विन २०८०, बिहीबार १८:१६

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकको माग पूरा गर्दा राज्यलाई अर्बौ भार पर्ने बताउनु भएको छ ।

शिक्षकलाई पेन्सन पाउन स्थायी शिक्षणको अवधि नपुगेमा १० वर्षसम्म अस्थायी शिक्षण अवधि गणना गर्नुपर्ने आन्दोलनरत शिक्षकको माग पूरा गर्दा अर्बौं भार पर्ने उहाँले बताउनुभयो ।  बिहीबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टी उपसभापतिसमेत रहनुभएका कार्यबाहक प्रधानमन्त्री खड्काले शिक्षक आन्दोलनका विषयमा जानकारी गराउने क्रममा यस्तो बताउनुभएको हो । स्थायी भएको अवधिले पेन्सनमा जान पुगेन भने सात वर्ष अस्थायीको अवधि थपेर पेन्सन दिने व्यवस्था विधेयकमा गरिएको छ । सात वर्षको अवधि बढाउँदा वा खुल्ला छोड्दा राज्यलाई अर्वौ भार पर्ने उहाँको भनाई छ ।

राज्यलाई आर्थिक भार पर्ने र संविधान विपरीत हुनेबाहेक शिक्षकका सबै माग पूरा गर्न सरकार तयार रहेको उहाँले बताउनुभयो ।