images
images

बडादशैः टिकाको साइत ११ बजेर ३६ मिनेटमा

  • ५ आश्विन २०८१, शनिबार ०६:१७

काठमाडौँ । यो वर्ष दशैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङग निर्णायक विकास समितिले दशैँको टीकाको साइत सार्वजनिक गरेको हो । बडादशैँको अवसरमा गरिने कार्यहरुबारे जानकारी गराउँदै समितिले यस्तो बताएको छ । समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत बिहान ९ बजे र असोज १४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा बिहान ७ बजेर ११ मिनेटमा तोकिएको छ ।

असोज २५ गते अष्टमी र नवमी एकै दिन परेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जनाकारी दिनुभयो । उहाँका अनुसार सरकारी कार्यालयमा झण्डा फेर्न असोज १८ गते ९ बजेर ५४ मिनेटको साइत रहेको छ ।