images
images

सबै सडक मर्मतसम्भार गर्न निर्देशन, घटस्थापनाको एक साता अघि टिकट बुकिङ खुल्ला गरिने

  • ५ आश्विन २०८१, शनिबार १३:३६

काठमाडौँ । सरोकारवालाहरुले घटस्थापना अगावै सडक मर्मत गरिसक्न सरकारलाई निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको सरकारी प्रतिनिधिसहित यातायात व्यवसायीको बैठकले सडक विभाग अन्र्तगत सबै सडक घटस्थापना अगाडी नै मर्मतसम्भार गरि सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिएको हो । दशै, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक विभाग अन्र्तगतका सडकलाई घटस्थापना अगाडी मर्मत गरिसक्न निर्देशन दिईएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासँघक वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिनुभयो ।

बैठकले विपि लोकमार्गका सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका मात्र सवारीसाधन चलाउन एवम् रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागु गर्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध पनि गरेको छ ।

यसैबीच, दशैका लागि अग्रिम टिकट बुकिङ घटस्थापना भन्दा एक साता अघि खुल्ला गरिने भएको छ । हाल सडक मर्मतका काम भईरहेकाले तत्काल टिकट खुलाउनका लागि सहज नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासँघले जनाएको छ । सडक मर्मतका काम सम्पन्न भएपछि मात्रै अग्रिम टिकट बुकिङ खुला गरिने महासँघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।