images
images

तिहारका बेला माथिल्लो तामाकोशीको विद्युत उत्पादन एक साता बन्द हुने

  • ४ कार्तिक २०७९, शुक्रबार १३:४९

दोलखा । मुलककै ठुलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत एकसाता पूर्ण रुपमा बन्द हुने भएको छ ।

आयोजनाबाट कात्तिक ८ गतेदेखि कात्तिक १५ गतेसम्म विद्युत उत्पादन बन्द हुने भएको हो । उज्यालोको चाड तिहारको बेलामा बढी विद्युत खपत हुन लागेका बेला मुललकै ठुलो जलविद्युत आयोजनाबाट विद्युत उत्पादन नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले ४ सय ५६ मेगावाट क्षमताको तामाकोशी जलविद्युत आयोजनाको उत्पादन युनिटहरु बन्द गरेर पहिलो पटक निरिक्षण गर्न लागेको जनाएको छ । दोलखाको विगु गाउँपालिका वडा नम्बर १ लामाबगरस्थित आयोजनाको हेडवर्कस र मुख्य सुरुङको प्राविधिक निरिक्षणका लागि आयोजनाबाट विजुली उत्पादन बन्द गरीने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रशासन प्रमुख मित्रमणि पोखरेलले जानकारी दिनुभयो ।

मुलककै ठुलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत एकसाता पूर्ण रपमा बन्द हुने भएको छ । आयोजनाबाट कात्तिक ८ गतेदेखि कात्तिक १५ गतेसम्म विद्युत उत्पादन बन्द हुने भएको हो । उत्यालोको चाड तिहारको बेलामा बढी विद्युत खपत हुन लागेका बेला मुललकै ठुलो जलविद्युत आयोजनाबाट विद्युत उत्पादन नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले ४ सय ५६ मेगावाट क्षमताको तामाकोशी जलविद्युत आयोजनाको उत्पादन युनिटहरु बन्द गरेर पहिलो पटक निरिक्षण गर्न लागेको जनाएको छ ।

आयोजनाले आज सूचना जारी गर्दै कात्तिक ८ गतेदेखि १५ गतेसम्म जलाशयको पानी घटाउने क्रममा बाँधको तल्लो तटीय क्षेत्रमा करिव ११/१२ घण्टा नदिको बहाव बढ्ने भएकाले सर्तकता अपनाउन पनि आग्रह गरेको छ । लामाबगर, छ्योतछ्योत, गोंगर, जगत, टुनिटार, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्ति सहित सुनकोसी नदिको दोभानसम्म माछा मार्ने, नुहाउने, पौडी खेल्ने, नदि तर्ने, बस्तुभाउ लैजाने, बालुवा गिट्टी निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरु नगर्न आयोजनाले आग्रह गरेको छ । यस्तै नदि किनारमा परम्परा अनुसार मृतकको दाहसंस्कार वा धार्मिक संस्कार गर्दा सर्तकतापुर्वक गर्न आयोजनाले ध्यानाकर्षण गराएको छ । स्वदेशि लगानीमा निर्माण गरिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ६ वटा युनिटबाट अहिले ४ सय ५६ मेगावाट विद्युत नै उत्पादन भइरहेको थियो ।

आयोजनाले २०७८ साल साउनदेखि नियमित विद्युत उत्पादन सुरु गरेको थियो भने २०७८ भदौ १० गतेबाट व्यापारीक उत्पादन सुरु गरेको थियो । विद्युत उत्पादन सुरु भएको एक वर्षपछि आयोजनाले पहिलो पटक आयोजना निर्माणमा संलग्न विदेशी र स्वदेशी विज्ञहरुको संलग्नतामा निरिक्षण गर्न लागेको हो । टनेल र पाइपहरुमा कुनै क्षति पुगेको छ कि छैन भनेर आयोजनाले उपकरणभित्रको अनुगमन गर्न लागेकाले एकसाता आयोजना पूर्ण रुपमा बन्द हुने भएको हो ।