images
images

मालपोत कार्यालय दोलखासँगै मेगा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा

  • ४ कार्तिक २०७९, शुक्रबार १५:४९

जिरी (दोलखा) । दोलखा सदरमुकामस्थित जिल्ला मालपोत कार्यालयमा मेगा बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर विस्तार गरिएको छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले आज एक समारोहकाबीच मेगा बैंक नेपाल लिमिटेडले सञ्चालनमा ल्याएको एक्सटेन्सन काउन्टरको उद्घाटन गर्नुभयो । यो सँगै घर–जग्गाको कारोबारका लागि मालपोत कार्यालय र नापी कार्यालय दोलखा पुग्ने जिल्लाका सेवाग्राहीलाई बैंकिङ सेवा लिन सहज हुने भएको छ । भीमेश्वर नगरपालिका ३ स्थित मालपोत कार्यालयकै प्राङगनमा मेगा बैंकको एक्सटेन्सन सुविधा भएपछि सेवाग्राहीलाई सहज हुने भएको हो । एक्सटेन्सन काउन्टर विस्तार गरेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप यसअघि बिभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको मेगा बैंकले सेवाग्राहीलाई लक्षित गरी मालपोत कार्यालयसँगै अर्काे काउन्टर विस्तार गरेको हो ।

कार्यक्रममा जिल्ला मालपोत कार्यालयका प्रमुख धनकुमार तामाङ, कोष तथा लेखा नियन्त्रकको कार्यालय दोलखाका प्रमुख मुरारी निरौला र मेगा बैंक लिमिटेड चरिकोटका प्रबन्धक कपिलप्रसाद भण्डारी लगायतको  उपस्थिति थियो ।