images
images

मलामीलाई खाजा दिएर फर्किने क्रममा भिरबाट लडेर गौरीशंकरकी महिला बेपत्ता

  • ४ कार्तिक २०७९, शुक्रबार १७:२९

जिरी (दोलखा) । दोलखाको गौरीशंकर गाउँपालिकाकी एक महिला भिरबाट लडेर बेपत्ता भएकी छन् ।

मलामिलाई खाजा पुर्याएर फर्किने क्रममा गौरीशंकर गाउँपालिका ८ रबिङगकी ५० वर्षीया सानुमाया थामी भिरबाट लडेर बेपत्ता भएकी हुन् । उनी घरदेखि करिब १ किलोमिटर टाढा डाँडाघरस्थित भिरबाट लडेर हिजोदेखिनै बेपत्ता भएकी हुन् । दोलखा प्रहरीले भने घटनाबारे आज मात्रै जानकारी प्राप्त भएको जनाएको छ । घटनाबारे जानकारी प्राप्त भएपछि खोजीकार्य भइरहेको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । हिजो करिब साँढे ५ देखि बेपत्ता भएकी उनी स्थानीय पोके थामीकी श्रीमती हुन् । स्थानीय एक छिमेकीको मृत्यु भएपछि दाहा संस्कारका लागि गएका मलामीहरुलाई खाजा पुर्याएर आफ्ना नातीसँगै घर फर्किएकी उनी भिरबाट लडेर खोलामा खसेको स्थानीयले बताएका छन् ।

सानुमाया भिरबाट लडेर करिब २ सय मिटर तल खोलामा पुगेको र खोलाले बगाएको हुनसक्ने गौरीशंकर ८ का वडाध्यक्ष दावा रिञ्जी शेर्पाले जानकारी दिनुभयो ।