images
images

गठबन्धनले दोलखामा पनि बनायो निर्वाचन परिचालन समिती

  • ४ कार्तिक २०७९, शुक्रबार १८:१५

दोलखा । वाम–लोकतान्त्रिक गठबन्धनले दोलखामा निर्वाचन परिचालन समिती गठन गरी परिचालन गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी गठबन्धनले दोलखामा निर्वाचन परिचालन समिती गठन गरी कमान्डर तोकेको हो । जसअनुसार आसन्न निर्वाचनको सञ्चालन तथा परिचालन गर्न १७ सदस्य उच्चस्तरीय निर्वाचन संयोजन समिती गठन भएको छ । सो समितीका जिप छिरिङ लामा, शिव भण्डारी, देवी खड्का, अजयबाबु शिवाकोटी र तारा बहादुर कोइराला, शंकर लामा, रुद्रबहादुर खड्का, केशवराज चौंलागाई, नविन जिरेल, गोपाल पाण्डे, नरबहादुर पाख्रिन, गोपाल न्यौपाने, उद्धवराज काफ्ले, विनिता अधिकारी काफ्ले, गंगा कार्की (विश्व), कुन्दनराज काफ्ले र बर्मा लामा रहेका छन् । ति मध्ये ६ जना प्रतिनिधिसभा सभा र प्रदेश सभा निर्वाचनका प्रत्यक्ष र समानुपातिक उम्मेदवार हुन् ।

जिल्लास्तरीय निर्वाचन परिचालन समिती

निर्वाचनका लागि गठबन्धनले ३७ सदस्यीय जिल्लास्तरीय निर्वाचन परिचालन समिती पनि गठन गरेको छ । सो समितिको संयोजकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज विशाल खड्का र सहसंयोजक नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भिम प्रसाद दाहाल, छवि लामा र अर्जुन प्रसाद शिवाकोटी सहित ३७ जना सदस्य रहेका छन् । गठबन्धनले प्रदेश सभा क र प्रदेशसभा ख मा पनि निर्वाचन परिचालन समिती गठन गरेको छ। जसअनुसार प्रदेशसभा क को संयोजकमा छवि लामा, सहसंयोजक विमर्शराज कार्की र प्रोणप्रताप केसि सहित ३६ जना रहेका छन् भने प्रदेशसभा ख को संयोजकमा अर्जुनप्रसाद शिवाकोटी, सहसंयोजकमा कुलबहादुर बुढाथोकी र घनश्याम रिजाल सहित ३४ सदस्यीय रहेका छन् ।

 ९ वटै स्थानिय तहमा निर्वाचन परिचालन समिती

आसन्न निर्वाचनका लागि गठबन्धनले दोलखाका ९ वटै स्थानिय तहमा गाउँपालिका तथा नगरपालिकास्तरीय निर्वाचन परिचालन समितीको गठन गरेको छ । जसअनुसार भीमेश्वर नगरपालिकाको संयोजकमा शंकर कार्की, सहसंयोजकमा नरेन्द्र श्रेष्ठ र संगिता पाख्रिन रहेका छन् भने जिरी नगरपालिकाको संयोजकमा कर्मा शेर्पा, सहसंयोजकमा सोनाम शेर्पा, सहसंयोजकमा मोहन खड्का रहेका छन् । यस्तै गौरीशंकर गाउँपालिकाको संयोजकमा युगबहादुर बस्नेत, सहसंयोजकमा युवराज खड्का र नन्दराज घतानी, बैतेश्वर गाउँपालिकाको संयोजकमा शंम्सेर घिसिङ, सहसंयोजक भीमबहादुर श्रेष्ठ र टहल बहादुर खड्का रहेका छन् ।

तामाकोशी गाउँपालिकाको संयोजकमा शम्भु प्रसाद फुयाल, सहसंयोजक नरहरी सुवेदी र रमेश कार्की रहेका छन् भने मेलुङ गाउँपालिकाको संयोजकमा नारायण बहादुर मगर, सहसंयोजक प्रेम लामा र श्रीराम पोखरेल रहेका छन् । यस्तै शैलुङ गाउँपालिकाको संयोजकमा जितकुमार मोक्तान, सहसंयोजक कृष्णध्वज योञ्जन र सहसंयोजक हरिहर कार्की, कालिञ्चोक गाउँपालिकाको संयोजकमा जगतमणि शिवाकोटी, सहसंयोजक नवराज अर्याल र सरु प्रसाद खरेल तथा विगु गाउँपालिकाको संयोजकमा युधिष्ठर खड्का र सहसंयोजकमा रमेश ठुकरी रहेका छन् ।

निर्वाचन प्रचारप्रसार समिती

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनले प्रचारप्रसार समिती समेत गठन गरेको छ । समितीको संयोजकमा जयराम श्रेष्ठ, सहसंयोजक नविन खतिवडा र उपेन्द्र अधिकारी रहेका छन् । प्रेश युनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठनका सबै सदस्यहरु रहेका छन् भने गठबन्धन दलसँग आवद्ध भातृ भगिनी सुभेच्छुक एवम् जनवर्गीय संगठनका सम्पुर्ण पदाधिकारी र सदस्यहरु निर्वाचन परिचालन तथा प्रचारप्रसार समितीको सदस्य रहेका छन् ।