images
images

आनन्ददायक बहुउद्देश्यीय सहकारीको २२ औँ साधारणसभा, एक वर्षमा २४ लाख बढि नाफा आर्जन

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका ७ भदौरेस्थित आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्थाको २२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष गंगाबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रदेससभा सांसद भरतबहादुर केसीले उद्धघाटन गर्नुभयो । साधारणसभामा संस्थाका सचिव बलराम शिवाकोटीले संस्थाको प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष प्रेमलाल शिवाकोटीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभाको अवसरमा सहकारीको कूल पूँजी ३३ करोड ४७ लाख ९५ हजार ३२६ रुपैयाँ रहेको जानकारी गराईएको छ । २ करोड ३५ लाख ३२ हजार शेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्ष २४ लाख ४१ हजार १५९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सहकारीको बचत २६ करोड १८ लाख १५ हजार १४३ रुपैयाँ रहेको छ भने २४ करोड २९ लाख ९६ हजार ५०८ रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीमा हाल ५ हजार ३९१ जना शेयर सदस्य रहेका छन् ।

आनन्ददायक बहुउद्देश्यीय सहकारीले साधारणसभाको अवसरमा कालिञ्चोक गाउँकार्यपालिकाको कार्यालय, वर्ष उत्कृष्ट कर्मचारी, कृषी उत्पादन र पशुपालन तर्फका एक/एक जना उत्कृष्ट किसानलाई सम्मान गरेको छ ।
यस्तै, २/२ जना उत्कृष्ट बालबचतकर्ता, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी र सदस्यका छोराछोरी मध्य एसईईमा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई सम्मान गरिएको सहकारीका सूचना अधिकारी कुुमार खड्काले जानकारी दिनुभयो ।

सभाको अवसरमा कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकी, वडाअध्यक्ष रामबहादुर पाण्डे, जिल्ला बहुउद्देश्यीय सहकारी सँघका अध्यक्ष श्यामकाजी कट्वाल, जिल्ला सहकारी सँघका महासचिव दीलबहादुर केसी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।