काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ ।
त्रिवीले आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० चैत १५ गतेको बसेको बैठकबाट उक्त निर्णय गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई सो निर्णयबारे जानकारी गराउँदै मन्त्रालयको पत्रमा उल्लेख गरिएअनुसारको पहिलो चरणमा हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र र कानून सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने व्यहोरा जानकारी गराइएको छ ।