images
images

सिन्धुपाल्चोकका युवकको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

  • ५ मंसिर २०७९, सोमबार ०८:११

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक युवकको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

दुर्घटनामा परी हेलम्बु गाउँपालिकाका २५ वर्षिय छिरिङ शेर्पाको मृत्यु भएको हो । काठमाडौंको चाबहिलमा बा १ ग २०८९ नम्बरको ट्रकले बा ३९ प ११५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शेर्पा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।