images
images

दलहरू बीच सहमति नजुट्दा दोलखामा मतगणनामा ढिलाई

  • ५ मंसिर २०७९, सोमबार १२:१०

जिरी (दोलखा) । दोलखामा राजनीतिक दलहरुबीच सहमति नजुट्दा मतगणनामा ढिलाई भएको छ ।

नेकपा एमालेले हिजो निर्वाचनमा गठबन्धन दलले बुथ कब्जा गरेको भन्दै उजुरी गरेपछि गणना प्रकृयामा ढिलाई भएको हो । एमालेले जिल्लाको विभिन्न ५ बुथको निर्वाचन रद्ध गरी पुनः निर्वाचन गर्न माग गर्दै हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको थियो । सो उजुरी निर्वाच आयोगमा पुगेपनि आयोगबाट कुनै प्रतिक्रिया नआएपछि मतगणनामा ढिलाई भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेले बैतेश्वर मावि मतदान केन्द्र, हेलपोष्ट मतदान केन्द्र तामाकोशी ३, वडा कार्यालय पिपलवोट मतदान केन्द्र बैतेश्वर १, नविन मावि शैलुङ ३ र जुके मावि मेलुङ ४ को निर्वाचन रद्ध गरी पुनः निर्वाचन गर्न माग गरेको छ । सोही कारण उजुरीको निर्णय नआउन्जेलसम्म मतगणना नगर्ने एमालेको अडान छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले सर्वदलीय बैठक आव्ह्वान गरेको छ । अहिले दिउँसो १ बजेका लागि राजनीतिक दलहरुलाई बैठकमा बोलाइएको हो ।