images
images

प्रजिअ र डिएसपीको मिलेमतोमा ‘बुथ कव्जा’ गरिएको दोलखा एमालेको आरोप

  • ५ मंसिर २०७९, सोमबार १६:५८

दोलखा । नेकपा एमाले दोलखाले प्रहरी र प्रशासनको मिलेमतोमा गठबन्धन दलले निर्वाचनमा बुथ कब्जा गरेको आरोप लगाएको छ ।

एमालेले आज विज्ञप्ति जारी गर्दै दोलखाका प्रमुख जिल्ला अपधकारी भोजराज खतिवडा र दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) गंगा पौडेललेको प्रत्यक्ष मिलेमतो र योजनामा जिल्लामा बुथ कब्जाको घटना भएको आरोप लगाएको हो । नेकपा एमाले दोलखाका अध्यक्ष एवम् दोलखा क्षेत्र नम्बर १ मा प्रदेशसभाका उम्मेदवार नरबहादुर श्रेष्ठले आज बिज्ञप्ति जारी गर्दै मतदान केन्द्र रणमैदान बन्दा समेत प्रहरी, प्रशासन मौन बसेको तथा प्रजिअ खतिवडा र डिएसपी पौडेल स्वयँ गठबन्धनको बुथ कव्जामा सहयोगी बनेको आरोप लगाएका हुन् ।

एमालेले अघिलला निर्वाचनमा हिंसाग्रस्त भएको संवेदनशिल बुथहरुमा गठबन्धनको तर्फबाट सिफारिस गरिएका मतदान अधिकृत खटाउने काममा सेटिङ भएको र सेटिङको आधारमा डिएसपी पौडेलले ति बुथहरुमा प्रहरी इन्चार्ज खटाएको आरोप लगाएको छ । भुषाफेदा, कालिञ्चोक, भेड्पुको जुकेपानी, वैतेश्वर गाउँपालिकाको १, ३ र ६ मा बुथ कब्जा हुँदा प्रशासन मौन बसेको तथा प्रमुख जिल्ला अधिकारी खतिवडा र डिएसपी पौडेलले आफ्नो पदिय अधिकारको समेत दुरुपयोग गरेको एमालेको विज्ञप्तिमा उल्लेख छ ।

मतदातालाई मतदानस्थलमा कुटपिट गरि लखेटेर बुथ कब्जा गरेर लोकतन्त्र र गणतन्त्रको उपहास गर्दै निर्वाचनलाई सत्ताको आडमा घिनलाग्दो बनाएको एमालेको विज्ञप्तिमा उल्लेख छ । बुथकव्जा भएको मतपत्र भुईमा छरिएको, एकलौटी भोट हालिरहेको दृश्य र तस्वीरहरुलाई एमालेले सुरक्षा प्रमुखहरुलाई पठाउँदा पनि बेवास्ता गरेको र माथिल्लो निकायमा झुठो विवरण सम्प्रेषण गरेर प्रजिअ र डिएसपीले पदिय अधिकार दुरुपयोग गरेको एमालेको आरोप छ ।

एमालेले दोलखाका मुख्य निर्वाचन अधिकृतप्रति पनि असन्तुष्टि जनाएको छ । मतदानको दिन दोलखाका मतदानास्थलहरुमा बुथकव्जा, ढुंगामुडा र गुण्डागर्दीको घटनाका बारेमा मुख्य निर्वाचन अधिकृतलाई सवै जानकारी भएपनि सो घटनामा कुनै निर्णय नलिई मौना साँधेको एमालेको आरोप छ । एमालेले बुथ कव्जा भएका मतदान केन्द्रमा पुनः मतदान गराउन माग पनि गरेको छ ।