images
images

दोलखामा करदाता संख्या २० हजार नाघ्यो, व्यक्तिगत करदाता ७ हजार बढी

  • ५ मंसिर २०८०, मंगलवार ०८:३४

दोलखा । दोलखामा व्यवसायीक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या २० हजार नाघेको छ ।

करदाता सेवा कार्यालय दोलखाका अनुसार हालसम्म २० हजार १ सय ५४ जनाले व्यवसायीक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् । जिल्लामा व्यवसायिक करदाता १२ हजार ४ सय ३० र व्यक्तिगत करदता ७ हजार ७ सय २४ रहेका छन् । जस अनुसार अन्तशुल्कमा ५ सय ४९, मुल्य अभिबृद्धिकर भ्याटमा १३ सय ५०, आयकरमा १० हजार ३ सय १२ र सरकारी निकायका २ सय १९ वटा संघसंस्था, विद्यालय करको दायरामा आएको दोलखाका प्रमुख कर अधिकृत सम्झना गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कुल २० हजार १ सय ५४ जनाले व्यवसायीक र व्यक्तिगत स्थायी लेखा नम्बर लिए पनि १९ हजार ४ सय २६ जनाले मात्रै प्रयोगमा ल्याएको पाइएको छ ।

सरकारले करको दायरा बृद्धि गर्दै लगेसँगै करदाताको संख्यामा पनि बृद्धि हुन थालेको करदाता सेवा कार्यालय दोलखाले जनाएको छ । करदाता सेवा कार्यालयले मंसिर १ गतेदेखि ७ गतेसम्म कर सप्ताह मनाइरहेको छ । कार्यालयले यो वर्ष ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ १२ औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइरहेको छ ।