images
images

उच्च अदालतमा ६ मुख्य न्यायाधीश र सर्वोच्चमा ६ न्यायाधीश नियुक्तिका लागि सिफारिस

  • ५ मंसिर २०८०, मंगलवार १६:१९

काठमाण्डौँ । उच्च अदालतको मुख्य न्यायाधीशमा ६ जना नियुक्तिका लागि सिफारिस गरिएको छ ।

आज बसेको न्याय परिषद्को बैठकले ६ जनालाई मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो । यसरी सिफारिस हुनेमा लोहितचन्द्र शाह, माधव पोखरेल, रमेशराज भण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापा छन् । न्याय परिषद्बाट सिफारिस भएका उनीहरूलाई प्रधान्यायाधीशले नियुक्त गर्नेछन् ।

यस्तै, न्याय परिषद्ले सर्वाेच्च अदालतमा ६ जना न्यायाधिश नियुक्तिका लागि सिफारिस गरेको छ । न्याय परिषद्को बैठकले सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र अब्दुल अजिज मुसलमानलाई न्यायाधीशका लागि नियुक्ति सिफारिस गरेको हो । अब उनीहरूविरुद्ध सुनुवाइका लागि उजुरी आह्वान गर्दै संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिले अनुमोदन गरेपछि नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।

यसअघि हिजो दिनभर छलफल भए पनि सहमति जुटेको थिएन । हालै संशोधन गरिएको न्यायपरिषद् नियमावलीले न्याय सेवाको विशिष्ट श्रेणीमा काम गरेदेखिकै कार्यकाल गणना गर्ने बाटो खोलिदिएपछि उनीहरू वरीयतामा अगाडि आएका हुन् ।