images
images

राष्ट्रिय परिचयपत्र र पासपोर्ट बनाउन दोलखा प्रशासनमा सधैँ भिड

  • ६ पुष २०७९, बुधबार ०८:१६

दोलखा । जिल्ला प्रशासन कार्यालय दोलखाले राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट बनाउने कार्य अझै व्यवस्थित गर्न नसक्दा सर्वसाधारण मारमा परेका छन् ।

लामो समयदेखि प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट बनाउन आउने सर्वसाधारण नागरिकको भीड लागेपनि त्यसको अझै व्यवस्थापन हुन नसक्दा सर्वसाधारण मारमा परेका हुन् । अझै पनि सर्वसाधरण नागरिक राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट बनाउनका लागि विहान ७ बजेदेखि नै प्रशासन कार्यालय परिसरमा पुग्ने गरेका छन् । कार्यालयले हाल दैनिक एक सय जनालाई राष्ट्रिय परिचयपत्र र ७० जनालाई ई–पासपोर्टका लागि टोकन दिने गरेको छ । तर सिस्टममा पटक–पटक समस्या आउँदा दैनिक एक सय जना राष्ट्रिय परिचयपत्र र ७० जनाको इ–पासपोर्ट बन्ने गरेको छैन ।

जसका कारण प्रशासन कार्यालयमा दैनिक सर्वसाधरण नागरिकको भीड लाग्ने गरेको हो । राष्ट्रिय परिचयपत्र र इ–पासपोर्टका लागि अनलाइन फर्म भर्नुपर्नेछ । परिचयपत्र अनलाइन फर्म भरेकै दिन बनाउन पाईने भएपनि इ–पासपोर्टका लागि अनलाइनबाटै डेट लिनुपर्ने व्यवस्था छ । डेट लिएको दिन सिस्टममा समस्या देखिने, धेरै जनाको एकैपटक गर्दा सिस्टम ह्याङ हुने भएपछि प्रशासन कार्यालयबाट दैनिक तोकिए जति सबैको काम हुँदैन । जसका कारण दैनिक प्रशासन कार्यालयमा भीड हुने गरेको हो ।

लामो समयदेखि प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट बनाउन आउने सर्वसाधारण नागरिकको भीड लागेपनि त्यसको अझै व्यवस्थापन हुन नसक्दा सर्वसाधारण मारमा परेका हुन् ।प्रशासन कार्यालयले प्रत्यक्ष वडामा राष्ट्रिय परिचयपत्र बनाउने कर्मचारी नखटाएको पनि होइन ।तर अधिकांश सर्वसाधरण एकैदिनमा राष्ट्रिय परिचयपत्र बन्ने र सोही दिन पासपोर्ट पनि बनाउन दिने भन्दै प्रशासन कार्यालयमै आउने गरेका छन् । जसका कारण दैनिकजसो प्रशासन कार्यालयमा भीड हुने गरेको जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकिय अधिकृत औलख बहादुर आलेले जानकारी दिनुभयो ।

दोलखामा २०७७ साल असार १७ गतेबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु भएको थियो । बैदेशिक रोजगारीमा जानका लागि पासपोर्ट बनाउनेहरुले अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने व्यवस्था लागु भएसँगै प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन दैनिक १ सय जना भन्दा बढी सेवाग्राही पुग्ने गरेका छन् । प्रशासन कार्यालयले प्रत्यक्ष वडामा राष्ट्रिय परिचयपत्र बनाउने कर्मचारी नखटाएको पनि होइन ।

तर अधिकांश सर्वसाधरण एकैदिनमा राष्ट्रिय परिचयपत्र बन्ने र सोही दिन पासपोर्ट पनि बनाउन दिने भन्दै प्रशासन कार्यालयमै आउने गरेका छन् । जसका कारण दैनिकजसो प्रशासन कार्यालयमा भीड हुने गरेको जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकिय अधिकृत औलख बहादुर आलेले जानकारी दिनुभयो । उहाँका अनुसार सिस्टम चलेसम्म कर्मचारीले अबेरसम्म पनि काम गर्ने गरेपनि भीड व्यवस्थापनमा समस्या भइरहेको छ । विशेषगरी वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो क्रममा रहेकाले पनि यो समस्या देखिएको हुनसक्ने अनुमान गरिएको छ । राष्ट्रिय परिचयपत्र र इ–पासपोर्टका लागि युवायुतीहरु नै बढीजसो प्रशासन कार्यालयमा पुग्ने गरेका छन् ।