
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।
सङ्घीय संसद्को सबैभन्दा ठूलो दल कांग्रेसको संसदीय दलको नेतामा गंगन थापालाई पराजित गर्दै देउवा निर्वाचित हुनुभएको हो । आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत पाउँदा थापाले २५ मत प्राप्त मात्रै प्राप्त गर्नुभएको थियो । कांग्रेस महामन्त्री थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाउन नसकेको बुझिएको छ । मतदानमा सबै ८९ सांसद सहभागी भएका थिए । संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए ।
महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो । तर, आज बिहान भएको मतदानमा देउवाले ६४ मत पाउँदा थापाले २५ मतमा चित्त बुझाउनुपरेको हो ।