images
images

नेकपा खारेजपछि संवाद विहिन रहेका यी तीन नेताबीच यसरी भयो जम्काभेट

  • ६ पुष २०७९, बुधबार १७:५३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डबीच आज जम्काभेट भएको छ ।

२०७७ मा तत्कालीन नेकपा खारेज भएदेखि संवादहिन अवस्थामा रहेका एमाले अध्यक्ष ओली प्रचण्डबीच आज राष्ट्रपति कार्यालय शितलनिवासमा जम्काभेट भएको हो । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा विजयी सबैभन्दा जेष्ठ उमेरका सांसद पशुपति शंम्शेर जवराले पद तथा गोपनियताको सपथ लिने क्रममा ओली प्रचण्ड र नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई लहरै राखिएको हो । अघिल्लो सिटमा लहरै बसेका ओली र प्रचण्डबीच जवराको सपथका क्रममा कुराकानी भएको छ भने एमालेबाट छुट्टिएका खनालसँग पनि ओलीले कुराकानी गर्नुभएको छ ।

तर उनीहरुबीच भएको कुराकानीबारे केही पनि बाहिर आएको छैन । सत्ता गठबन्धनमा रहेका प्रचण्ड यो पटक सुरुमै प्रधानमन्त्री दाउमा हुनुहुन्छ भने एमाले अध्यक्ष ओली आफु राष्ट्रपति पद लिएर अन्य दलका नेतालाइ प्रधानमन्त्रीमा समर्थन गर्ने रणनितिमा लाग्नुभएको छ । प्रचण्ड र खनालसँग दुई वर्षदेखि पानी वारवारकै अवस्थामा रहेका ओलीले आज दुवै नेतासँग कुराकानी गरेको तस्विर सार्वजनिक भएको हो । यसअघि मंसिर ४ गतेको निर्वाचनमा गोरखाबाट विजयी भएका प्रचण्डलाइ ओलीले फोन मार्फत बधाई दिनुभएको थियो । अहिले पनि सरकार गठनका लागि एमाले र माओवादीका दोस्रो तहका नेताबीच कुरा भइरहेको छ । ओलीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने सन्देश पठाएको बताइएको छ । तर नयाँ सत्ता समिकरणका लागि ओली र प्रचण्डबीच छुट्टै वार्तामा बसिसकेको अवस्था छैन ।