images
images

माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने

  • ५ पुष २०८०, बिहीबार १३:०२

काठमार्डाैँ । नेकपा माओवादी केन्द्रको बिधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ ।

बालुवाटारमा आज बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले फागुन पहिलो साता पार्टीको बिधान सम्मेलन गर्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एबम् प्रबक्ता अग्नि सापकोटाले बिधान अधिवेशनका लागि बिधान मस्यौदा समिति पनि गठन गरिएको जानकारी दिनुभयो । बिधान मस्यौदा समितिमा पार्टीका उपाध्यक्ष पम्फा भुसाल,महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनर्दन शर्मा तथा सचिवहरु गणेश शाह र राम कार्की रहेका छन् ।

माओवादी केन्द्रले बिधान मस्यौदा समितिलाई १५ दिनको समय दिएको छ । बैठकले पुस १६ गते चार महिने रुपान्तरण अभियान समापन गर्ने निर्णय गरेको छ । सातै प्रदेशबाट रिपोर्ट आएपछि पुन पदाधिकारी बैठक बसेर समीक्षा गर्ने निर्णय भएको प्रबक्ता सापकोटाले बताउनुभयो ।