images
images

एनपीएलको फाईनल खेल आज हुँदै, जनकपुर र सुुदूूरपश्चिमबीच प्रतिस्पर्धा हुने

  • ६ पुष २०८१, शनिबार ०७:३३

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल को फाइनल खेल आज हुँदैछ ।

नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता एनपीएल को फाइनल खेल आज हुन लागेको हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलमा सुदूपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो १२ बजेपछि बजे सुरु हुनेछ । सुदूपश्चिम रोयल्स प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई नै आठ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

जनकपुर बोल्ट्स भने दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो । एनपीएलको लिग चरणदेखि क्यालिफायरसम्म ३१ खेल सम्पन्न भैसकेका छन् । ३२ औँ खेलमा आएर एनपीएलको उपाधि छिनोफानो हुँदैछ । नेपाल क्रिकेट संघ क्यानका अनुुसार एनपीएल विजेताले एक करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।