
काठमाडौँ । एनपीएल क्रिकेको उत्कृष्ट खेलाडीको पुरस्कार दिपेन्द्र सिंह ऐरीले जितेका छन् ।
एनपिएलमा सर्वोत्कृष्ट नेपाली खेलाडी चुनिएपछि ऐरीले ओमोडाको कार जितेका हुन् । ऐरी सुदुरपशिचम रोयल्सका कप्तान हुन् । आफ्नो नेतृत्वमा सुदुरपश्चिमलाई फाईनलमा पु¥याएका ऐरीले टिम उपविजेता बनेपनि आफु भने एनपीएलको नेपाली खेलाडीतर्फ प्लेअर अफ दी सिरिज बन्दै आमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् । ललित राजवंशी र रोहित पौडेल पनि कारको होडमा भएपनि कप्तानीदेखि व्याटिङ, बलिङ र फिल्डिङ सबै क्षेत्रमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गर्दै ऐरीले बाजी मारेका हुन् । दीपेन्द्रले एनपीएलमा ९ खेल खेल्दा १ अर्धशतकसहित २२७ रन बनाएका थिए ९ विकेट नै लिएका छन् ।
यस्तै प्लेयर अफ दी टुर्नामेन्ट बनेका सुदुरपश्चिमकै सेफ अली जैबले ५ लाख पुरस्कार प्राप्त गरेका छन् भने जनकपुर बोल्ट्सका ब्याट्सम्यान लाहिरु मिलान्था लिगमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। फाइनल खेलमा सुदुरपश्चिम रोयल्स् विरुद्ध ८७ रन बनाएसँगै उनी सर्वाीधक रन बनाउने खेलाडी बनेका हुन् । लाहिरु श्रीलंकन मुलका अमेरिकी खेलाडी हुन्। सर्वाेत्कृष्ट बलर बनेका ललित राजवंशीले मोटरसाईकल पाएका छन् ।
कर्णाली याक्सका विपि प्रसाद शर्माले ईमर्जिङ प्लेयरको उपाधी सहित ५० हजार नगद र १ लाख बराबरको छात्रवृत्ति पाएका छन् भने ईनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट जनकपुरका जिमी निशमले २ लाख नगद पुरस्कार पाएका छन् । प्रतियोगिताको फेयर प्ले अवार्ड लुम्विनी लायन्सले प्राप्त गरेको छ ।