images
images

काठमाडौंबाट मैनापोखरी आउँदै गरेको जिप सिन्धुपाल्चोकमा दुर्घटना, ४ जना घाइते

  • ८ माघ २०७८, शनिबार ०४:५४

दोलखा । काठमाडौंबाट दोलखाको मैनापोखरीतर्फ आउँदै गरेको बोलेरो जिप सिन्धुपाल्चोकमा दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् ।

दुर्घटनामा परी दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर १ का ४५ बर्षिय दिलबहादुर जिरेल, बैतेश्वर गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षिया तोयानाथ दाहाल, वडा नम्बर ३ का ६० वर्षिय दधिराम भण्डारी र बैतेश्वरकै शिवप्रसाद दाहाल घाइते भएका हुन् । आज बिहान काठमाडौंबाट मैनापोखरीतर्फ आउँदैै गरेको बा १५ च ८५७७ नम्बरको बोलेरो जिप सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ६ स्थित नौकिलोमा अनियन्त्रित भएर दुर्घटना हुदाँ उनीहरु घाइते भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते भएका शिवप्रसाद दाहालको सिन्धुसदाबहार अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ भने अन्यको सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ ।

जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको छ ।