images
images

सिन्धुलीमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु

  • ८ माघ २०७८, शनिबार ०५:५७

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा टयाक्टर दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ बाह्रबिसेमा ट्याक्टर दुर्घटनामा परी वडा नम्बर ३ का ३५ वर्षिय काजीमान जिम्बाको मृत्यु भएको हो । आज बिहान बालुवा लोड गरेर मदन भण्डारी लोकमार्ग जाँदै गरेको ना ५ त ५०६३ नम्बर ट्याक्टर पैदल यात्रीलाई ठक्कर दिएर अनियन्त्रित भई दुर्घटना हुँदा जिम्बाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरको ठक्करबाट काभ्रेपलाञ्चोक पाँचखालका श्याम गौतम घाईते भएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो । ट्याक्टर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।