images
images

नेपालमा आज एकैदिन कोरोनाबाट १६ जनाको मृत्यु

  • ८ माघ २०७८, शनिबार १०:३०

काठमाडौं । नेपालमा आज एकैदिन १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको हो । यो संख्या नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएदेखि कै हालसम्मकै उच्च हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ६ सय ५१ जनाको मृत्यु भएको छ ।
यस्तै नेपालमा आज थप १० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा १४ हजार ४ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ३ सय १२ र ५ हजार ७ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ४२ जना गरी १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो तथ्याकंलाई हेर्दा पिसिआर तर्फ संक्रमणदर बढेर ५६ दशमलव ८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या ७२ हजार ८ सय ६२ पुगेको छ । आज काठमाडौं उपत्यकाका तिन जिल्लामा मात्रै ५ हजार ३ सय ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३ हजार ७ सय ६२, ललितपुरमा १ हजार १ सय १० र भक्तपुरमा ४ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १५ जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या ५ सय बढी पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ को झापा, मोरङ र सुनसरी, मधेस प्रदेशको धनुषा, वागमतीको काठमाडौं, भक्तपुर, ललितपुर,चितवन, मकवानपुर र काभ्रे, गण्डकीको कास्की, नवलपुर, लुुम्बिनीको बाँके र रुपन्देही तथा सुदुुरपश्चिम प्रदेशको कैलाली जिल्लामा संक्रमितको संख्या ५ सय बढी छ । १७ जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या २ सय भन्दा बढी रहेको छ ।