images
images

चरिकोट अस्पतालका एमडिजिपि डा. गौतमलाई किन पठाईयो मन्त्रालय फिर्ता ?

  • ८ माघ २०७८, शनिबार १३:२७

दोलखा । प्रादेशिक अस्पतालकोरुपमा दोलखा सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पतालका एमडिजिपि डाक्टर देवेन्द्र गौतमलाई सामाजिक सञ्जाल मार्फत ‘अफवाह’ फैलाएको आरोपमा अस्पताल व्यवस्थापनले फिर्ता पठाएको छ ।

विगत एक बर्षदेखि चरिकोट अस्पतालमा कार्यरत डा. गौतमलाई आफु कार्यरत अस्पताल र सम्वद्ध पदाधिकारी बिरुद्ध सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको, सहकर्मीहरुसँग दुव्र्यवहारपूर्ण व्यवहार गरेको तथा गैर चारित्रिक गतिविधिमा संलग्न रहने गरेको गुनासो आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको हो । भीमेस्वर नगरपालिकाका नगर प्रमुख एवँ चरिकोट अस्पताल संचालक समितिका अध्यक्ष भरतवहादुर केसीले मन्त्रालयलाई शुक्रवार पत्राचार गरी डा. गौतम चरिकोट अस्पतालमा रहिरहँदा अस्पतालको कार्य र वातावरणमा गम्भिर असर पर्न जाने भएकाले आवस्यक कारवाही गर्न भन्दै मन्त्रालयमा फिर्ता पठाएको जानकारी गराएका छन् । अस्पताल प्रशासनले डा. गौतमले सामाजिक सञ्जाल मार्फत गरेका गतिविधिहरुको छाँया कपी र सिसिटिभि फुटेज पनि पत्रासाथ संलग्न गरी पठाएको जनाएको छ ।

विगत एक बर्षदेखि चरिकोट अस्पतालमा कार्यरत डा. गौतमलाई आफु कार्यरत अस्पताल र सम्वद्ध पदाधिकारी बिरुद्ध सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको, सहकर्मीहरुसँग दुव्र्यवहारपूर्ण व्यवहार गरेको तथा गैर चारित्रिक गतिविधिमा संलग्न रहने गरेको गुनासो आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको हो । डा. गौतमलाई सामाजिक सञ्जालमा अफवाह फैलाएको र गैरचारित्रिक गतिविधिमा संलग्न भएको भनिए पनि कस्तो अफवाह र गैर चारित्रिक काम हो ? भन्ने बिषयमा अस्पताल प्रशासनले लेखेको पत्रमा स्पस्ट उल्लेख छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ साल माघ ६ गतेवाट चरिकोट अस्पतालमा कामकाज गर्नेगरी डा. गौतमलाई दोलखा पठाएको थियो । कामकाजमा खटाएको एक बर्ष पुरा भए लगत्तै उनलाई मन्त्रालयमा फिर्ता पठाउन पत्राचार गरिएको हो । डा. गौतम एमडिजिपि भएका कारण अस्पतालका प्रमुख एमडिजिपि डा. बिनोद दंगालको अनुपस्थितीमा पनि उनकै नेतृत्वमा अस्पताल संचालन हुँदै आएको थियो । डा. गौतम अस्पतालमा हुने सामान्यदेखि जटिल शल्यक्रियासम्ममा प्रतक्ष्य खटिदै आएका डाक्टर हुन् । आफ्नै पहलमा औषधी जुटाएर बिभिन्न सामाजिक संघ/संस्था मार्फत गाउँ–गाउँमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्न थालेपछि उनी दोलखाली वीच लोकप्रिय समेत हुँदै गएका थिए ।

मन्त्रालयमा फिर्ता पठाईएका डा. गौतमले केही समयदेखि अस्पतालभित्र भईरहेका अनियमितताका कुराहरुलाई सार्वजनिक गर्ने र सत्य बाहिर ल्याउन कोही कसैसँग नझुक्ने भन्ने आशय सहितका स्टाटस आफ्नो फेसबुक आईडिमा लेख्दै आएका थिए । डा. गौतमसँग सम्पर्क गर्दा गलत काम र प्रवृतिका बिरुद्ध मत राख्दा आफुलाई अन्यायपूर्ण तरिकाले फिर्ता पठाउन खोजिएको प्रतिक्रिया दिएका छन् ।

डा. गौतमलाई सामाजिक सञ्जालमा अफवाह फैलाएको र गैरचारित्रिक गतिविधिमा संलग्न भएको भनिए पनि कस्तो अफवाह र गैर चारित्रिक काम हो ? भन्ने बिषयमा अस्पताल प्रशासनले लेखेको पत्रमा स्पस्ट उल्लेख छैन । यद्धपि, मन्त्रालयमा फिर्ता पठाईएका डा. गौतमले केही समयदेखि अस्पतालभित्र भईरहेका अनियमितताका कुराहरुलाई सार्वजनिक गर्ने र सत्य बाहिर ल्याउन कोही कसैसँग नझुक्ने भन्ने आशय सहितका स्टाटस आफ्नो फेसबुक आईडिमा लेख्दै आएका थिए ।

यस बिषयमा डा. गौतमसँग सम्पर्क गर्दा गलत काम र प्रवृतिका बिरुद्ध मत राख्दा आफुलाई अन्यायपूर्ण तरिकाले फिर्ता पठाउन खोजिएको प्रतिक्रिया दिएका छन् ।