images
images

काभ्रेमा जंगलबाट दाउरा बोकेर घर फर्किँदै गर्दा लडेर गयो पुरुषको ज्यान

  • ८ माघ २०८०, सोमबार १०:२३

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको देउराली गाउँपालिकामा लडेर एक जना पुरुषको मृत्यु भएको छ ।

देउराली गाउँपालिका–१ स्थित सानुबाङथलीमा जंगलबाट दाउरा बोकेर घर जाने क्रममा लडेर स्थानीय ५५ वर्षीय चन्द्र बहादुर तामाङको मृत्यु भएको हो । हिजो विहान करिब साँढे ११ बजे लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ । तामाङलाई गएराती करिब १२ बजे अस्पतालले मृत घोषणा गरेको हो ।