images
images

ओमान पठाईदिने भन्दै ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका युवक पक्राउ

  • ८ माघ २०८०, सोमबार १७:३५

सिन्धुपाल्चोक । ओमान पठाईदिने भन्दै पटक–पटक गरी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

मेलम्ची नगरपालिका–११ का उज्जवलराज पाण्डेलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको हो । उनले विवेक सुनारसहित तीन जनालाई वैदेशिक रोजगारीका लागि ओमान पठाईदिने भन्दै ५ लाख ३० हजार रुपैयाँ लिएर सम्पर्कविहिन भएका थिए । सम्पर्कविहिन भएका उनलाई काठमाडौँको बौद्धबाट प्रहरीले हिजो पक्राउ गरेको हो । ओमान पुगेपछि पतिष्ठित कम्पनीमा काम लगाईदिने र मासिक ६० हजार रुपैयाँ तलब हुने भन्दै प्रलोभनमा पारेको उनीमाथि आरोप लागेको छ । पाण्डेलाई अनुुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।