images
images

नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा

  • ९ माघ २०८१, बुधबार १८:५२

काठमाडौँ । नेपाल प्रहरीका २५ प्रहरी उपरिक्षक (एसपी) वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) मा बढुवा भएका छन् ।

गृहमन्त्रालयले आज २५ एसपीलाई एसएसपीमा बढुवा गरेको हो । एसपीहरु रमेश थापा, अजय केसी, नवराज अधिकारी, होविन्द्र बोगटी, विनोद शिलवाल, सन्तोष खड्का, सन्तोष प्रसाद भट्टराई, सन्तोष सिंह राठौर लगाएत एसएसपीमा बढुवा भएका हुन् ।

गृहमन्त्री रमेश लेखकको निर्णयमा बढुवा भएका २५ एसपीलाई आजै प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिन्ह प्रदान गरिएको छ । बढुवा भएपनि उनीहरुको पदस्थापन भने भईसकेको छैन । उनीहरुलाई बढुवा सिफारिस समितिले गत साता एसएसपीमा बढुवाका लागि सिफारिस गरेको थियो ।