images
images

विष सेवनबाट गम्भीर भएका बिरामीको हेलिकप्टरमार्फत उद्धार

  • १० फाल्गुन २०७८, मंगलवार १५:४७

जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकाबाट विष सेवन गरी गम्भीर बिरामी परेका एक पुरुषलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

रामेछापको उमाकुण्ड गाउँपालिका २ रोशीका ३८ वर्षीय होम बहादुर कार्कीलाई हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको इलाका प्रहरी कार्यालय जिरीले जनाएको छ । विष सेवनपछि अवस्था गम्भीर भएका उनलाई जिरी अस्पतालमा करिव ४ घण्टा उपचारपछि थप उपचारका लागि काठमाण्डौं लगिएको हो । उनलाई आइसियुमा राख्नुपर्ने भएपछि काठमाण्डौं पठाइएको जिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. देवेन्द्र गौतमले जानकारी दिनुभयो । यद्धपी उनले विष सेवन गर्नुको कारण भने खुलेको छैन ।

बिरामी कार्कीले करिब ९/१० महिना अघि मात्रै श्रीमती पनि गुमाएका थिए । उनको श्रीमतीको हृदयघातका कारण ज्यान गएको थियो ।