
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ ।
जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ का ४० वर्षिय रामकाजी थापाको भीरबाट लडेर मृत्यु भएको हो । हिजो दिउँसो देखि बेपत्ता भएका थापाको शव आज फेला परेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । भीरको फेदमा चोट लागेको अवस्थामा शव फेला परेकाले उनको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । मृतक थापाको शव पोष्टमार्टमपछि आजै आफन्तजनले बुझेका छन् ।