images
images

बागमती प्रदेशको प्रमुख सचिवमा निरौला नियुक्त

  • १० फाल्गुन २०७८, मंगलवार १८:१५

हेटौंडा । बागमती प्रदेशको मुख्य सचिवको जिम्मेवारी मुकुन्दप्रसाद निरौलाले पाउनुभएको छ ।

प्रदेशमा एक महिनादेखि रिक्त रहेको मुख्य सचिवको जिम्मेवारी निरौलालाई दिइएको हो । गत विहिवार बसेको मन्त्रिपरिषद बैठकले निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । भर्खरै सचिवमा बढुवा भएका निरौलालाई मुख्य सचिवमा पदस्थापन गरिएको छ । उहाँले पदस्थापनाको पत्र समेत बुझिसक्नुभएको छ । प्रमुख सचिव पद रिक्त भएपछि बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका वरिष्ठ सहसचिव यमलाल भुसालले निमित्तको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।