images
images

नेपाल विश्वकपमा छनोट हुन असफल

  • १० फाल्गुन २०७८, मंगलवार १९:०९

नेपाल आइसिसि टि ट्वान्टि विश्वकपमा छनोट हुन असफल भएको छ ।

ओमानमा जारी टि ट्वान्टि विश्वकपको छनोट अन्र्तगत सेमिफाइनलमा युएइसँग ६८ रनले पराजित हुँदै नेपाल बाहिरिएको हो । १ सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ७ रन मात्रै जोडेको छ । यसअघि टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।