images
images

हाईड्रो कम्पनीको शेयरः रामेछाप, सिन्धुपाल्चोक र ओखलढुँगाका जनतामा देखिएन आकर्षण

दोलखा । कम्पनीले खुलाएको शेयरमा रामेछाप, सिन्धुपाल्चोक र ओखलढुंगाका नागरिकको कम आकर्षण देखिएको छ ।

पछिल्लो समय साधारण शेयरमा सर्वसाधारणको हदभन्दा बढी आवेदन पर्ने गरेपनि यी क्षेत्रका नागरिकहरुका लागि कम्पनीले प्रभावित क्षेत्र बनाएर खुलाएको शेयरमा भने कम चासो देखिएको हो । हालै सिन्धुपाल्चोकका लागि बलेफी हाइड्रो पावर तथा ओखलढुंगा र रामेछापलाई प्रभावित क्षेत्र बनाएर ग्रीन भेन्चर्सले शेयर निष्काशन गरेपनि १० देखि १२ प्रतिशतको हाराहारीमा मात्रै आवेदन परेको छ । प्रभावितलाई छुटाइएको शेयरमा भने सर्वसाधारणको पटक्कै आकर्षण देखिएको छैन । उनीहरूले माग भन्दा निक्कै कम आवेदन दिएका छन् । निष्कासनमा आकर्षण नदेखिएको कारण कम्पनीले निष्कासन समयनै थप गर्नु पर्ने स्थिति आएको छ ।

प्रभावितलाई छुटाइएको शेयरमा भने सर्वसाधारणको पटक्कै आकर्षण देखिएको छैन । उनीहरूले माग भन्दा निक्कै कम आवेदन दिएका छन् । निष्कासनमा आकर्षण नदेखिएको कारण कम्पनीले निष्कासन समयनै थप गर्नु पर्ने स्थिति आएको छ ।बलेफी हाइड्रो पावर कम्पनीले प्रभावित क्षेत्रका स्थानीयलाई गत माघ २७ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको थियो । 

बलेफी हाइड्रो पावर कम्पनीले प्रभावित क्षेत्रका स्थानीयलाई गत माघ २७ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १८ लाख २७ हजार ९ सय ७० कित्ता कुल शेयर मध्ये ६० प्रतिशत हुन आउने १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. २, ३, ४ का बासिन्दाहरूका लागि र बाँकी ४० प्रतिशत हुन आउने ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नम्बर ५ र ७, बलेफी गाउँपालिकाको वडा १, ३, ६, ७ र सुनकोसी गाउँपालिकाको ७नम्बर वडाका बासिन्दाहरूका लागि निष्कासन गरेको हो । सो आइपिओको निष्कासन बन्द फागुन १२ गते हुनेछ । हाल सम्मको आवेदन हेर्दा यसको तोकिएको मितिमा सबै बिक्री हुने स्थिति देखिएको छैन । हालसम्म कम्पनीको निष्कासनमा जम्मा १२.४४ प्रतिशतले मात्रै आवेदन परेको केन्द्रीय निक्षेप प्रणाली (सीडिएससि)ले जनाएको छ । १० लाख ९६ हजार ७८२ कित्ता निष्कासन गरेकोमा हिजोसमम्म एक लाख ३६ हजार ४६० कित्ताको लागि मात्रै आवेदन परेको छ ।

ग्रिन भेन्चर्सले निष्कासन गरेको शेयरमा पनि आवेदनकर्ता न्यून रहेका छन् । कम्पनीले यही फागुन २ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गास्थित खिजिदेम्बा गाउँपालिका, लिखु गाउँपालिका, रामेछापको लिखु तामाकोसी गाउँपालिका  र उमाकुण्ड गाउँपालिकाका केही वडाका बासिन्दाहरूका लागि आइपिओ निष्कासन गरेको हो । निष्कासन फागुन १६ गते बन्द हुने समय आइसकेपनि हालसम्मको आवेदन हेर्दा समय थप गर्नु पर्ने देखिएको छ ।

यस्तै ग्रिन भेन्चर्सको निष्कासनमा पनि कम आवेदन परेको छ । ग्रिन भेन्चर्सले निष्कासन गरेको शेयरमा पनि आवेदनकर्ता न्यून रहेका छन् । कम्पनीले यही फागुन २ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गास्थित खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोसी गाउँपालिका १, २ र उमाकुण्ड गाउँपालिका वडा नम्बर ७ का बासिन्दाहरूका लागि आइपिओ निष्कासन गरेको हो । निष्कासन फागुन १६ गते बन्द हुने समय आइसकेपनि हालसम्मको आवेदन हेर्दा समय थप गर्नु पर्ने देखिएको छ ।

निष्कासन बन्द हुन ६ दिन मात्रै वाँकी छ ।तर ३१ लाख ५० हजार कित्ता निष्कासन गरिएकोमा माग भन्दा निक्कै कम तीन लाख ४१ हजार ८८० कित्ताको लागि मात्रै आवेदन परेको छ ।