images
images

बागमती प्रदेशसभामा आज अध्यादेश प्रतिस्थापन विधेयक पेश हुने

  • १० फाल्गुन २०७९, बुधबार ०८:२३

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ ।

प्रदेशसभाको पहिलो अधिवेसनको १० औँ बैठक आज दिउँसो २ बजे बस्न लागेकोे हो । विहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकको कार्यसुचि तय गर्नेछ । बैठकमा प्रदेश सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विद्येयक पेस हुने सम्भावित कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार निजामति कर्मचारीसँग सम्बन्धित दुई अध्यादेशको प्रतिस्थापन विद्येयक आजको बैठकमा पेस हुनेछ ।

यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विद्येयक पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । अध्यादेश पेश भएको ६० दिनभित्र प्रतिस्थापन विद्येयक मार्फत पारित गरी प्रमाणित गर्नुपर्ने प्रदेशसभा नियमावलीको व्यवस्था अनुसार आज प्रदेशसभा बैठक बस्न लागेको हो ।