images
images

गौरीशंकर गाउँपालिकामा २ सय ७६ घरपरिवार गरिवको सूचीमा

  • १० फाल्गुन २०७९, बुधबार ११:५४

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा २ सय ७६ घरपरिवार गरिवको सूचीमा सूचिकृत भएका छन् ।

गाउँपालिकाले गरिव घरपरिवारको प्रारम्भिक सूची प्रकाशन गर्दै २ सय ७६ घरपरिवार गरिव रहेको जानकारी गराएको हो । सुचीअनुसार पालिकाभित्रका २२ घरपरिवार अति गरिवको सूचीमा समावेश भएका छन् भने १ सय ५ घरपरिवार मध्यम गरिव र १ सय ४९ घरपरिवार सामान्य गरिवीको सूचीमा सुचिकृत भएका छन् । गौरीशंकर गाउँपालिकाको वडा नम्बर ४ झ्याँकु र वडा नम्बर ८ डाँडाखर्कमा सवैभन्दा धेरै घरपरिवार गरिव रहेको तथ्यांकले देखाएको छ । गाउँपालिकाको वडा नम्बर ४ का ४७ घरपरिवार गरिविको सूचीमा समावेश भएका छन् । जसमा १० घरपरिवार अति गरिविको सूचीमा सुचिकृत भएका छन् भने १६ घरपरिवार मध्यम गरिव र २१ घरपरिवार सामान्य गरिव रहेका छन् ।

पालिकाभित्रका २२ घरपरिवार अति गरिवको सूचीमा समावेश भएका छन् भने १ सय ५ घरपरिवार मध्यम गरिव र १ सय ४९ घरपरिवार सामान्य गरिवीको सूचीमा सुचिकृत भएका छन् । गौरीशंकर गाउँपालिकाको वडा नम्बर ४ झ्याँकु र वडा नम्बर ८ डाँडाखर्कमा सवैभन्दा धेरै घरपरिवार गरिव रहेको तथ्यांकले देखाएको छ ।

गाउँपालिकाको वडा नम्बर ८ का ४७ घरपरिवार गरिविको सूचीमा छन् । जसमा दुई घरपरिवार अति गरिव, २० घरपरिवार मध्यम गरिव र २५ घरपरिवार सामान्य गरिवीका रहेका छन् । गौरीशंकर गाउँपालिका वडा नम्बर ६ मा सवैभन्दा कम गरिव घरपरिवार रहेको तथ्यांकले देखाएको छ । वडा नम्बर ६ का ११ घरपरिवारको गरिवको सुचीमा समेटिएका छन् । जसमा ४ घरपरिवार मध्यम गरिव र ७ घरपरिवार सामान्य गरिवीको सुचीमा समेटिएका हुन् ।

यसैगरी वडा नम्बर १ अफ्लेपुका १६ घरपरिवार गरिवको सुचिमा सुचिकृत भएका छन् । सो वडामा ४ घरपरिवार मध्यम गरिव र १२ घरपरिवार सामान्य गरिवको सुचिमा सुचिकृत भएका हुन् । तथ्यांकअनुसार वडा नम्बर २ का तीन घरपरिवार मध्यम गरिव र ९ घरपरिवार सामान्य गरिव गरी १२ घरपरिवार गरिवको सुचीमा समेटिएका छन् । गौरीशंकर गाउँपालिका वडा नम्बर ३ का ४३ घरपरिवार गरिवको सुचिमा समेटिएका छन् । जसमा ५ घरपरिवार अति गरिव, १३ घरपरिवार मध्य गरिवि र २५ घरपरिवार सामान्य गरिवको सुचीमा समेटिएका हुन् ।

गरिबीको रेखामुनी रहेका घरपरिवारलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न तथा त्यस्ता परिवारलाई राज्यको स्रोत, साधन र क्षमताले भ्याएसम्म सामाजिक संरक्षण प्रदान गर्ने उदेश्यले गरिब घरपरिवारको पहिचान गरिएको गाउँपालिकाका अध्यक्ष बिस्वास कार्कीले जानकारी दिनुभयो । गाउँपालिकाले प्रकाशन गरेको गरिव घरपरिवारको सूचि प्रारम्भिक भएका कारण थपघट हुन सक्ने गाउँपालिकाले जनाएको छ ।

गौरीशंकर गाउँपालिकाको वडा नम्बर ५ का ४३ घरपरिवारलाई गरिबिको सुचिमा समेटिएको छ । जसमा २० घरपरिवार मध्यम गरिवी र २३ घरपरिवार सामान्य गरिवको सुचिमा समेटिएका छन् । गाउँपालिकाको वडा नम्बर ७ का २० घरपरिवार गरिविको सुचीमा परेका छन् । जसमा तीन घरपरिवार अति गरिव, ५ घरपरिवार मध्यम गरिव र १२ घरपरिवार सामान्य गरिवको सुचीमा परेका हुन् । गाउँपालिकाका अनुसार वडा नम्बर ९ का २५ घरपरिवार गरिविको सुचीमा समेटिएका छन् । जसमा एक घरपरिवार अति गरिव, १० घरपरिवार मध्यम गरिव र १४ घरपरिवार सामान्य गरिवको सुचिमा परेका छन् ।

गरिबीको रेखामुनी रहेका घरपरिवारलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न तथा त्यस्ता परिवारलाई राज्यको स्रोत, साधन र क्षमताले भ्याएसम्म सामाजिक संरक्षण प्रदान गर्ने उदेश्यले गरिब घरपरिवारको पहिचान गरिएको गाउँपालिकाका अध्यक्ष बिस्वास कार्कीले जानकारी दिनुभयो । भुमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गरिब घरपरिवार पहिचान सर्वेक्षण २०७८ बमोजिम गाउँपालिकामा संकलन भएको गरिब घरपरिवारको प्रारम्भिक सुची प्रकाशन गरेको हो । गाउँपालिकाले प्रकाशन गरेको गरिव घरपरिवारको सूचि प्रारम्भिक भएका कारण थपघट हुन सक्ने गाउँपालिकाले जनाएको छ ।