images
images

राष्ट्रपतिको प्रस्ताव आए स्विकार्ने एकीकृत समाजवादीको निर्णय

  • १० फाल्गुन २०७९, बुधबार १५:२४

काठमाडौं । नेकपा एकिकृत समाजवादीले राष्ट्रपतिको प्रस्ताव आए स्विकार गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रिय कार्यालय अलोकनगरमा आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा अध्यक्ष माधव कुमार नेपालले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता र पछिल्लो राजनितिक घटनाक्रमबारे सचिवालय सदस्यहरुलाई ब्रिफिङ गर्नुभएको थियो । ब्रिफिङका क्रममा अध्यक्ष नेपालले ओली र आफुबीच चार घण्टा छलफल भएपनि ओलीले राष्ट्रपतिबारे उच्चारण नै नगरेको बताउनुभयो । बैठकमा नेताहरुले राष्ट्रपतिमा ओलीले प्रस्ताव गरेको समाचार आएको बारेमा जानकारी माग गरेका थिए ।

त्यसको जवाफमा अध्यक्ष नेपालले अहिलेसम्म राष्ट्रपतिका लागि ओलीले कुरा नगरेको बरु पार्टी मिलाउनतिर जोड दिएको बताउनुभयो । आजको बैठकमा राष्ट्रपतिबारे पुनः प्रस्ताव आउन सक्ने र त्यसबेला के गर्ने भन्ने विषयमा समेत छलफल भएको थियो । सो प्रस्ताव आएमा त्यसलाई स्विकार गर्ने निर्णय भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो ।