images
images

कैलालीमा विस्फोटक पदार्थ विस्फोट हुँदा चार जना घाईते

  • १० फाल्गुन २०८०, बिहीबार ०७:२८

कैलाली । कैलालीमा विस्फोटक पदार्थ विस्फोट हुँदा चार जना घाइते भएका छन् ।

धनगढी–डडेलधुरा भीमदत्त लोकमार्गअन्तर्गत कैलालीको भासुभिर सडक खण्डमा विस्फोट हुँदा चार जना घाइते भएका हुन् । हिजो साँँझ सडक मर्मतसम्भार हुँदै गर्दा विस्फोट हुँदा एस्काभेटरका चालक डडेलधुराको आलिताल गाउँपालिकाका २४ वर्षीय विकास थापा, कैलालीको चुरे गाउँपालिकाका ४५ वर्षीय वसन्त खड्का, सुर्खेतका २२ वर्षीय हिरा थापा र विराटनगरका ३५ वर्षीय नवीन देव घाइते भएका छन् । सडक फराकिलो बनाउने काम भइरहँदा अचानक विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार चारै जनाको अनुहार र आँखामा चोट लागेको छ । विस्फोट हुँदा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो विस्फोटक पदार्थ सशस्त्र द्धन्द्धका बेला राखिएको हुनसक्ने अनुमान छ ।