
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक विदेशी पर्यटकको लेक लागेर मृत्यु भएको छ ।
पासाङल्हामु गाउँपालिका ४ गोरक्सेपमा लेक लागेर स्लोभाकियाका ६८ वर्षीय आर्क जान्कोको मृत्यु भएको हो । अक्सिजन अभावका कारण जान्कोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी रामकिशोर साहले जानकारी दिनुभयो ।
खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । हिमपातका कारण सो क्षेत्रको सञ्चार समेत प्रभावित भएको छ ।